शेर्पा किदुग युएई

Hindi is the main language of शेर्पा किदुग युएई facebook group. It is a CLOSED group. They attracted 802 members. So people rank it like a Small group. 107485802690938 is the identifier of this group with Facebook. Last update is on 2015-02-06 14:56:12.

मुलुकमा बिध्य्मान बिभिन्न प्रतिकुल अवश्थाहरुको कारण आज युवा जन-शक्ति वाध्य भएर बिदेश पलायन हुनु परेको छ र त्यहि क्रममा लाखौंको संख्यामा नेपाली जन-शक्ति संयुक्त अरब एमिरेट्समा पनि आइसकेको व्यहोरा सबैमा अवगत नै छ। यसरी देश, घर-परिवार, साथि-संगी र आफ्नोपन छोडेर परदेशीनु परेको पिडालाई एकातिर पन्छ्याउदै परदेशमै पनि शेर्पाहरु संगठित भएर आफ्नो रिती रिवाज, चाड-पर्व र परम्परालाई जगेर्ना गर्ने उद्देश्य लिएर शेर्पा चिछोग यु. ए. इ. को स्थापना भएको हो । शेर्पा चिछोग यु. ए. इ. बिशुद्ध जातिय संगठन हो, कुनै राजनैतिक वा फाईदा मुलक संगठन होईन । बिदेशको बसाईमा अनेकन बाधा, अड्चन, समस्याहरु पनि नआउने होईन र त्यहि अनेकन समस्याहरुको समाधान खोज्न कयौ संघ संस्थाहरु नभएको पनि होईन , आफ्नो रिती रिवाज, चाड-पर्व र परम्परालाई जगेर्ना गर्ने बाहेक शेर्पा चिछोग यु. ए. इ. ले शेर्पा दाजुभाइ तथा दिदि बहिनिहरुलाई आइ परेको समस्यामा पूर्ण सहयोग पनि गर्ने छ । यु. ए. इ. को कुनै पनि भागमा रहनु भएका सम्पुर्ण शेर्पा मित्रहरुमा शेर्पा चिछोग यु. ए. इ. मा आबद्ध हुन हार्दिक आवहान गरिन्छ ।